पहिरोमा ज्यान गुमाएका खेलाडीको सम्झनामा दीप प्रज्वलन

बागलुङ, २१ असोज । सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडमीका ६ जना विद्यार्थीको सम्झनामा बागलुङमा दीप प्रज्वलन गरिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित मोर्डन युथ क्लबले पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जनाको सम्झनामा जिल्ला फुटबल संघ बागलुङले सोमबार श्रद्धाञ्जली सभा साथै दीप प्रज्वलन गरेको हो ।

असोज १२ गते मकवानपुरका ३ जना विद्यार्थीसहित ६ जना विद्यार्थीको पहिरोले पुरेर निधन भएको थियो । पहिरोमा परी ज्यान गुमाउनेहरूमा मकवानपुरका अनुपम घलान, सुमन योन्जन र दिवस बानियाँ रहेका थिए भने सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मी रहेका थिए ।

दीप प्रज्वलनमा जिल्ला फुटबल संघ बागलुङकाका पदाधिकारी, खेलाडी तथा शुभचिन्तकको सहभागिता रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।