बागलुङ, ८ असोज । बागलुङमा पहिलो पटक आयोजना गरिएको गण्डकी प्रदेश विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी प्रतियोगितामा समुह चरणका खेल सकिएका छन् ।
जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा छात्रा तर्फ सनराइज आवासिय माध्यमिक विद्यालय, सिदार्थ शिक्षा सदन, कालिगण्डकी आवासिय माध्यमिक विद्यालय, चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ्ग स्कुल, कालिका कन्या माध्यमिक विद्यालय, गुराँस विद्यासदन, धौलागिरी आवासिय माध्यमिक विद्यालय र प्रिसियस एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
यस्तै छात्र तर्फ अमर आदर्श आवासिय माध्यमिक विद्यालय, आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय, कालिका कन्या माध्यमिक विद्यालय र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल आज (मंगलबार) सम्पन्न हुने संघका अध्यक्ष सन्दिप पन्तले जानकारी दिनुभयो ।
प्रतियोगितामा छात्र तर्फको विजेताले १५ हजार र उपविजेताले १० हजार तथा छात्रा तर्फको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने जनाइएको छ ।