बागलुङ, ३० भदौं । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको पाँचौ दिन बागलुङ जेसीजको स्थापना दिवससंगै बिगतसंग बर्तमान कार्यक्रम गरि मनाइएको छ ।
बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रम सहित साताव्यापी रुपमा संचालन हुने गरि शुरु भएको जेसीज सप्ताह २०२४ को पाँचौ बागलुङ जेसीजको स्थापना दिवससंगै पूर्व अध्यक्षहरु र बर्तमान अध्यक्षसंग बिगतसंग बर्तमान कार्यक्रम गरि मनाइएको हो ।
बागलुङ जेसीज स्थापना पश्चातहाल सम्म भएका अध्यक्षहरुको अनुभव र बर्तमान समितिले गरेका गतिविधी र गर्नुपर्ने कार्यक्रमका वारेमा जानकारी गराउने अभिप्रायले बिगतसंग बर्तमान कार्यक्रम गरिएको सप्ताहका मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले युवाहरुलाई एकीकृत गरि उनिहरुको क्षमता र नेतृत्व बिकासमा सहयोग गरि समाजको असल र नेतृत्वदायी व्यक्तिको रुपमा बिकास गर्ने अभिप्रायले सन १९७८ मा बागलुङ जेसीजको स्थापना भएको बताउनुभयो ।
पूर्व अध्यक्षहरु सुरेशप्रसाद श्रेष्ठ, इन्द्रा श्रेष्ठ, कृष्णगोविन्द राजभण्डारी, रामराज गुरुङ, जय राजभण्डारी, सुदिप राजभण्डारी, पार्वती अधिकारी, ऋषीराम गौतम, सुरेन्द्र शाक्य, आनन्द रेग्मीले आफुले गरेका काम र अवको समितिले गर्नुपर्ने कामका वारेमा आ–आफ्नो बिचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघका सचिव बिजय राना र पत्रकार प्रकाश वरालले पनि जेसीजले गरेका काम र आगामि दिनमा गर्नुपर्ने कामका वारेमा सुझाव राख्नु भएको थियो ।
कार्यक्रम बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र निर्देशक तथा कार्यक्रम संयोजक स्विकृति भारी र लिडर्स अध्यक्ष सुजन श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।