बागलुङ, २८ भदौ । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनामा उपाध्यक्ष बुढाको निधन भएको पुष्टि गरे । दुर्घटनास्थलमा उपाध्यक्ष बुढाको परिचय खुल्ने कागजात समेत भेटिएको थियो ।
दुर्घटनास्थलमा दुई महिला र एक पुरुषको शव भेटिएको छ । दुर्घटनामा मृत्यु भएका एक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रनि पौडेलले बताए बताए ।
रा १ झ २०० नम्बर प्लेटको सरकारी गाडी शुक्रबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ नरेठाँटीको भुङखानीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भिर घाईते भएका रुकुम पूर्व भुमी गाउँपालिका–३ का २९ बर्षीय प्रेम बहादुर पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको टोउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । गाडी सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो ।