जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

तनहुँ, २७ भदौ । बलेरो जिपको ठक्करबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ । व्यास मार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा ठक्कर दिँदा सोही ठाउँकी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङको दुई पिप्लेबाट दमौली आउँदै गरेको ग ३ च १२१९ नम्बरको बलेरो जीपले बुधवार साँझ ७ः३० बजे ठक्कर दिँदा बालिका घाइते हुनु भएकी र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

जिप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते बालिकाको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारको क्रममा बुधवार राती मृत्यु भएको प्रनाउ रायले बताउनुभयो ।