काठेखोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ, २५ साउन । जिल्लाको काठेखोला गाउँपालिकामा शुक्रबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

गलकोटको हटियाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ध१च ९५२ नम्बरको बोलेरो जीप मध्यपहाडी लोकमार्गको काठेखोला ५ मिलनचोकमा दुर्घटना हुँदा गलकोट नगरपालिका (गनपा) वडा नं. ३ हटियाका वर्ष २१ की तारा गौतम, वडा नं. ४ का २६ वर्षिय नविन सुवेदी, २३ वर्षिय मदन शर्मा, गनपा ८ काँडेबासकी २५ वर्षिय लक्ष्मी पुन, १९ वर्षिय स्मृति बुढाथोकी, २५ वर्षिय विपन शर्मा, गनपा ९ रिस्मीका २४ वर्षिय गणेश सापकोटा र गनपा १ दुदिलाभाटीका ३३ वर्षिय देवेन्द्र शर्मा घाइते भएका हुन् ।

बलेरो जिप अनियन्त्रित भई सडकको बाँया साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।