काठेखोला लोकतारा– २०८० को अडिसन

बागलुङ, २५ चैत्र । बागलुङको काठेखोला गाउँपालिकामा काठेखोला लोकतारा–२०८० को अडिसन सुरु भएको छ ।

काठेखोला गाउँपालिकाको अयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनामा आयोजना गरिएको दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिताको गायन विधा शनिबारदेखि सुरु भएको हो । दुई चरणमा संचालन हुने काठेखोला लोकतार अन्तरगत पहिलो चरणको प्रतिस्पर्धा शनिबार सम्पन्न भएको काठेखोला लोकताराका उपसमितिका संयोजक डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा १७ जनाले सहभागिता जनाएको र पहिलो चरणमा १२ जना छनोट भएको संयोजक कार्कीले जानकारी दिनुभयो । कार्कीले दोस्रो चरणमा सुरेश सुनार, राहुल वि।क, गंग बहादुर सुनार, राम थापा, मनिष किसान, अनिषा बोहोरा, दिपेश परियार, आशा परियार, सुजन परियार, अनिता थापा, सुदिप किसान, सुजन सागर प्रवेश गरेको बताउनुभयो ।

गाउँपालिका भित्रका नवप्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यका साथ काठेखोला लोकताराको आयोजना गरिएको काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकले बताउनुभयो ।

लोकताराको अडिसन राउण्डमा काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका वडाअध्यक्ष खडक थापा, वडा नम्बर ४ तंग्रामका वडाअध्यक्ष लक्ष्मण पुन र कार्यपालिका सदस्य पूर्णमाया सुनारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लोकतारा संयोजक डिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिका सदस्य बाबुराम भण्डारीले स्वागत मन्तव्य र यामदीप पुनले संचालन गर्नुभएको थियो । लोकतारा प्रतियोगितामा सुर्य घताने, किशोर छन्त्याल र प्रेम थापा सन्देह निर्णय हुनुहुन्छ ।

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप चैत्र २८ गतेदेखि बैशाख १ गते काठेखोला गाउँपालिका–२ भीमापोखराको अक्षेते बजारमा संचालन हुँदैछ । सो अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, दोस्रो काठेखोला लोकतारा–२०८० ९गायन प्रतियोगिता०, दोस्रो काठेखोला गजल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, काठेखोला प्रतिभा सम्मान–२०८०, सोरठी, पञ्चेवाजा, भजन लगायतका स्थानीय झाँकी प्रदर्शनी र यानीमाया, झाम्रे, सालैजो लगायतका सांगीतिक प्रस्तुति हुने संयोजक विकले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here