
लिनेले ख्यालठट्टाको खेलौना सम्झिएको छ
दिनेले ढुक्क आफ्नो दिल झिकी सिङ्गै दिएको छ
असल सन्तानले सारा दुखार्इ हर्नुपर्ने हो
मुलुक रोयो उता मेरो यता मन चस्किएकाे छ
छ सारा सृष्टि धोकाको, गरौँ विश्वास कसको खै
मुहार आफ्नै त ऐनाभित्र उल्टो देखिएको छ
शशीले मेट्नसक्ला के, कतै न्यास्रो पियारीको
सधैँ जो प्रेयसीभन्दा अँध्यारो देखिएको छ
चिरा देखिन्छ जोडेमा, नजोडे बिझ्छ छातीमा
कठै सम्बन्ध यो हाम्रो, सिसाझैँ टुक्रिएको छ
नसोध्नू सर्वहाराको नयाँ नौलो खबर केही
हृदयमा ज्वारभाटा छन्, र आँखा बर्सिएको छ










