
बागलुङ, २६ फागुन । बागलुङको बाङ्गेचौर खेलमैदानमा जारी चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा गोलको वर्षा भएको छ । बुधबार तीन खेलमा १९ गोल भएको छ ।
बुधबार भएको पहिलो खेलमा मर्दीखोला युनाइटेड पर्वतले बागलुङ युनिटी क्लबलाई ६–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
मर्दीखोलाको जितमा जितमा आशिष राना मगर र अङ्कित गुरुङले २–२ गोल गर्दा टिकाराम गुरुङ र सामिल नेपालीले १–१ गोल गर्नुभयो । बागलुङ युनिटीको आयुष पौडेलले सान्त्वना गोल गर्नुभएको थियो ।
यस्तै दोस्रो खेलमा गहते युवा क्लबले होली चाइल्डलाई ६–० को फराकिलो अन्तरले पराजित गदैृ अन्तिम आठमा प्रवेश गर्यो । गहतेको जितमा मनिष ठकुरी र रोशन क्षेत्रीले २–२ गोल गर्दा सरोज तितुङ र आकाश थापाले १–१ गोल गर्नुभयो ।
यस्तै बुधबारको अन्तिम खेलमा जित निकाल्दै गण्डकी प्रदेश प्रहरी अन्तिम चारमा प्रवेश गरेको छ । प्रहरलिे नेपाल आर्मीको कालिजंग गण घोडाबाँधेलाई ६–० गोलअन्तरले पराजित गर्यो ।
प्रहरीलाई अन्तिम चारमा पु¥याउन नवराज गुरुङले दुई गोल गर्नुभयोभने खेमबहादुर थापा, लक्षु थापा, सुशील लामा र केश बरामले समान १–१ गोल गर्नुभयो ।
प्रतियोगितामा बिहिबार क्वाटरफाइनलका तीन खेल हुने प्रतियोगिताका संयोजक सुभम राजभण्डारीले बताउनुभयो । राजभण्डारीले बिहिबारको पहिलो खेल आदर्श विद्यामन्दिर र गुठी युनाइटेड बागलुङ, दोस्रो खेल साविक विजेता बागलुङ सुधार केन्द्र र मर्दीखोला युनाईटेड पर्वत र तेस्रो खेल बागलुङ कालिका युवा क्लब र गहते युवा क्लब विच हुने जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो ।
बागलुङ जेसीजको आयोजितामा संचालित प्रतियोगिताका फागुन २८ गतेसम्म संचालन हुनेछ ।









