
बागलुङ, १५ असार । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङको चौथो बार्षिक साधारणसभा कलस्टर वाइज रुपमा सुरु भएको छ ।
बागलुङ नगरपालिका वडा नं.१, २, ३ र ४ मा वडास्तरीय कलस्टर वाइज साधारण सभा मंगलबारदेखि सुरु भएको हो । कलस्टर वाइज रुपमा संचालन गरिएको साधारणसभा बुधबार बागलुङ नगरपालिका वडा न १ मा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै बागलुङ नगरपालिका वडा न १ का वडा अध्यक्ष जयबहादुर केसीले बजार क्षेत्रभित्र स्वस्च्छ,सफा र प्रयाप्तमात्रामा पानी पु¥याउन सबै लाग्नुपर्ने बताउनुभयो ।
उहाले नेपाल सरकार र संस्थाको संयुक्त रुपमा संचालन भईरहेको सह लगानी खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएमा बजार क्षेत्र भित्र पिउने पानीको दिर्घकालीन समाधान हुने बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य एवं उपभोक्ता प्रकाश शर्मा पौडेल,नेकपा एमाले गण्डकी प्रदेश सदस्य एवं उपभोक्ता गिता शर्मा,सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाप्रसाद आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका सचिव रामबहादुर केसीले प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । वडा न १ मा भएको साधारण सभा संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष निरज शाक्यको स्वागत र प्रबन्धक हिमाल प्रसाद शर्माको संचालनमा सम्पन्न भएको छ ।
असार १४ गते देखि सुरु भएको कलस्टर वाइज साधारण सभा असार १६ गते वडा न २,असार १८ गते वडा नं.३ र असार २० गते वडा नं.४ मा संचालन गर्न लागिएको संस्थाले जनाएको छ ।