चिल्ड्रेन लाईफ फुटबल कपको उपाधि आयोजकलाई

अर्जुन कार्की
बागलुङ, २८ कार्तिक
चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल बागलुङको आयोजनामा संचालित अन्तर स्कुल स्तरिय चिल्ड्रेन लाईफ फुटबल कप–२०७४को उपाधि आयोजकले चुमेको छ ।
बुधबार भएको फाईनल खेलमा सिदार्थ शिक्षा सदनलाई ०–२ गोलअन्तरले पराजित गर्दै आयोजक चिन्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल निलोले उपाधि जितेको हो ।
६० मिनेटमो खेलभर सिदार्थ विरुद्ध निकै हावि भएतापनि चिल्ड्रेन लाईफको धेरै प्रहार सिदार्थका गोलकिपरले विफल पारिदिएका थिए । खेलको १० मिनेटमा चिल्ड्रेनका नारायण कुँवरले वानभर्सेज वानमा प्रहार गरेको बल सिदार्थका गोलकिपरले विफल गरिदिएका थिए ।सुरुवात दिखिनै निकै आक्रमक खेल प्रस्तुत गरेको चिल्ड्रेन लाईफले खेलको ३ मिनेटमै नारायण कुँवरको उत्कृष्ट प्रहार सिदार्थका किपरले विफल पारिदिएका थिए । एकपछि अर्को आक्रमण गरेता पनि चिल्ड्रेन लाईफलाई गोलका लागि १६ मिनेटसम्म कुर्नुपरेको थियो । चिल्ड्रेनका खेलाडीलाई सिदार्थका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकलाई रोक्न खोज्दा पुन सिदार्थका खेलाडीले डिबक्स नजिकै फल गरेपछि पाएको फ्रिकिकमा मनोज थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिमसमयमा चिल्ड्रेनका स्ट्राईकर राजिव श्रीसले गरेको गोल अफसाईट भएको थियो ।
पहिलो हाफमा धेरै डिफेन्डीङ खेल खेल्नुपरेको सिदार्थको लागि पहिलो हाफको अन्तिम मिनेटमा प्रहार गरेको उत्कृष्ट बललाई चिल्ड्रेनका गोलकिपरले विफल गरिदिएका थिए ।

पहिलो हाफमा १ गोलले अग्रता दिएको चिल्ड्रेनले दोस्रो हाफमा पनि आफ्नो लयलाई निरन्तरता दिदै खेलको ४३ मिनेटमा नारायण कुँवरले गोल गर्दै टिमलाई जितउन्मुख गराएका थिए ।
पहिलो हाफमा निकै कमजोर देखिएको सिदार्थले दोस्रो हाफमा भने केही राम्रो आक्रमण गरेको थियोतर चिल्ड्रेनका गोलरक्षक र डिफेण्डरहरुले गोलहुनबाट बचाएका थिए ।
खेलअवधिभर अन्य कुनै गोलहुन नसकेपछि खेल चिल्ड्रेन लाईफ निलोले जितेको थियो ।


उपाधि जितेको चिल्ड्रेन लाईफले नगद २५ हजार, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेतामा चित्त बुझाएको सिदार्थले नगद १५ हजारसहित ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सेमिफाइनलसम्म पुगेका अमर आदर्श आवासिय मावि र युनिभर्सल सवलायम एकेडेमिले नगद ५–५ हजार प्राप्त गरेका छन् ।
शुक्रबारदेखि संचालन भएको उक्त प्रतियोगितामा १५ विद्यालयका १६ टिमले सहभागिता जनाएका थिए ।