बागलुङ, ७ फागुन । सुनौलो बागलुङ संस्थाले बागलुङको बरेङ गाउँपालिका–२ हुग्दिशिरका विष्णु विकको परिवारलाई आर्थिह सहयोग प्रदान गरेको छ ।
संस्थाले विकको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको अध्यक्ष दिलिप प्रतेलले जानकारी दिए । अध्यक्ष प्रतेलले गत शुक्रबार आगलागीबाट विकको घर, गोल पूर्ण रुपमा नष्ट भएकोले राहत रकम प्रदान गरिएको बताए । उनले आर्थिक संयोजक चित्र श्रीसको पहलमा पीडित परिवारलाई सोमबार राहत रकम प्रदान गरिएको बताए ।
सुनौलो बागलुङले देउसी भैलो मार्फत संकलन गरेको रकमबाट पीडित व्यक्ति र परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बरेङ गाउँपालिका–२ का वडासदस्य रन बहादुर क्षेत्रीले दुःख पीडामा रहेका व्यक्तिहरुलाई सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सुनौलो बागलुङ संस्थाले गर्दै आएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न शुभकामना समेत दिनुभएको थियो ।
उपसमितिका सदस्यसुजिन परियारको अध्यक्षता सम्पन्न भएको राहत सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका निवर्तमान सचिव प्रदिप श्रीसको स्वागत र संस्थाका सचिव जीवन ज्ञवालीले संचालन गर्नुभएको थियो ।