क्रिकेटर सुबासलाई आर्थिक सहयोग प्रदान

बागलुङ, ४ फागुन । युवा क्रिकेटर सुबास भण्डारीलाई गृहजिल्ला बागलुङमा हौसला स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ । हालै सम्पन्न यू–१९ क्रिकेट विश्वकपमा नेपालको प्रतिनिधित्व गरेर गृहजिल्ला बागलुङ आएका भण्डारीलाई आर्थिक रकम सहित सम्मान गरिएको हो ।

दक्षिण कोरियामा रहेका खेलप्रेमीहरुले सहयोग संकलन गरेर क्रिकेटर भण्डारीलाई आर्थिक सहयोग गरेका हुन काठेखोला गाउँपालिका-२ घरभइ हाल रोजगारिको लागि दक्षिण कोरियामा रहेका डम्बर केसीको अगुवाईमा संकलित ५३ हजार सात सय ५ रुपैयाँ बिहिबार काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले क्रिकेटर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले खेल क्षेत्रका नयाँ प्रतिभाहरुलाई उजागर गर्नका लागि गाउँपालिकाले पनि प्रयास गरिरहेको बताए । उनले राम्रा प्रतिभा भएका खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने काममा गाउँपालिकाले कन्जुस्याँइ नगर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, सहयोग संकलन अभियानका अगुवाइकर्ता डम्मर के.सी.ले सुबासलाइ खेलजिबनको लागि शुभकामना ब्यक्त गरेका थिए ।

क्रिकेटर सुवास भण्डारीले सहयोगले आफ्नो खेल जीवनलाई अगाडि बढाउनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम वि.क.को अध्यक्षता, सदस्य डिल कार्कीको स्वागत मन्तव्य र सदस्य सचिव एवं काठेखोला गाउँपालिकाका प्रशासन शाखा प्रमुख मनोज कार्कीको सञ्चालनमा सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्रिकेटर भण्डारीको घर काठेखोला गाउँपालिका-१ पालामा पर्छ । यु–१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी भण्डारीले नेपालको प्रतिनिधित्व गर्दै यु–१९ बिश्वकप र एसिया कप खेलिसकेका छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here