
बागलुङ, २ फागुन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले फागुन १ गतेको निर्णयअनुसार फागुनको तलब भत्ता सम्बन्धि सरुवा भएको स्थानबाटै पाउने गरेर जिल्ला प्रहरी कार्यालय बागलुङका एसपि खड्का सहित ७८ जना एसपीको सरुवा/काज गरेका हुन् ।
खड्काको काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा सुरुवा भएको छ ।
बागलुङमा नयाँ प्रमुखको रुपमा एसपि ऋषिराम कंडेल आउनुहुने भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ मानवश्रोत व्यवस्थापन शाखामा रहनुभएका कंडेलको जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भएको हो ।










