युवक संघको मोटरसाईकल मार्चलाई स्वागत गर्न तंग्राममा विद्यार्थी प्रयोग

बागलुङ, २५ माघ । अखिल नेपाल युवक संघको बरेङ–निसीखोला मोटरसाईकल मार्चको टोलीलाई स्वागत गर्न विद्यार्थी प्रयोग गरेको पाईएको छ ।

यात्राको दोस्रो दिन जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राम पुगेको राष्ट्रिय जनमोर्चा निकट युवक संघको मोटरसाईकल मार्च टोलीको स्वागतका लागि धारामा माध्यममिक विद्यालय तंग्रामका विद्यार्थीलाई प्रयोग गरिएको पाईएको हो । धारामा माविको गेटमा विद्यार्थीलाई विद्यालय पोशाकमै मोटरसाइकल मार्चका टोली सदस्यलाई फूलमाला लगाउँदै गरेका तस्विर सार्वजनिक भएका छन् ।

स्थानीय टेक पुनले सामाजिक सञ्जाल फेसवुकमा विद्यार्थीले युवक संघका मोटरसाईकल मार्चमा सहभागीलाई स्वागत गर्दै गरेको तस्विर राख्दै नेताले विद्यार्थी पढाउन लागेको उल्लेख गरेका छन् । कानुनतः विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न पाइँदैन र बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग गर्न पनि पाइँदैन । यो थाहा हुँदाहुँदै पनि दलहरुले बालबालिकाको प्रयोग राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने क्रममा कमी आएको देखिन्न । यसमा विषयमा जानकारी लिनका लागि धारा माविका प्रधानाध्यापक कमला थापालाई पटक पटक फोन सम्पर्क गर्दा उनको फोन उठेन । काठेखोला गाउँपालिका उपाध्यक्ष समेत रहेका राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तेजबहादुर थापा तिलकले युवक संघको टोलीलाई स्वागतका लागि विद्यार्थी प्रयोग नगरिएको दाबी गरे ।

‘टोली तंग्राम पुग्दा विद्यालय छुट्टी भैसकेको थियो, स्वागत त स्थानीय कार्यकर्ताबाट गरिएको हो, विद्यार्थीबाट होईन,’ उनले भने,‘केही होस्टेलमा बस्ने विद्यार्थीहरु त्यहाँ आएको हुनसक्छन् । राजनीतिक कार्यक्रममा विद्यार्थी प्रयोग गर्ने भन्ने हुँदै होईन । गरेको छैन ।’ अध्यक्ष थापाले होईन भने पनि विद्यार्थी हातमा टीका र फूलमाला लिएर युवक संघको मार्च टोलीलाई स्वागत गरिरहेको तस्विर छरपष्टै देखिएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here