राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन कायम रहन्छः महामन्त्री शर्मा

बागलुङ, १ पुस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन कायम रहने बताएका छन् ।

नेपाल प्रेस युनियन बागलुङले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले २०८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने त्यही बेला थाहा हुने बताउँदै राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन कायम नै रहने बताए । ‘काँग्रेसमा अहिले गठबन्धन गर्ने नगर्ने बारेमा बहस भइरहेको छ,’ महामन्त्री शर्माले भने,‘२०८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने त्यही बेला थाहा हुन्छ । अहिले गठबन्धनको सरकार छ र राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाटै काँग्रेसले उम्मेदवारी दिन्छ ।’ राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेस केही नेताहरूको नाम समानुपातिक सूचीबाट हटाएको भन्ने विषयमा उनले सूचीबाट हट्दैमा राष्ट्रियसभामा टिकट पाई हाल्ने अवस्था नभएको बताए ।

महामन्त्री शर्माले सरकारको काम र भविष्याका विषयमा गम्भीर छलफल हुनुपर्ने बताएका छन् । उनले अहिलेको सरकार काँग्रेस सहितको सरकार भएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको बताए । ‘आगामी फागुन ७ गते काँग्रेसको महासमितिकाको बैठक डाकेका छौं । त्यतिबेला वर्तमान सरकार र काँग्रेसबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुको कामका विषयमा गम्भीर छलफल र समिक्षा हुनेछ,’ शर्माले भने,‘अहिले सरकाको काम सुस्त भइरहेको छ । बैठक अगाडीसम्म सरकारको कामले गति नलिएमा भविष्यका बारेमा गम्भीर समिक्षा गर्न बाध्य हुनेछौं ।’ देशैभरीबाट आएका प्रतिनिधिहरुले पार्टी मात्रै नभई सरकारको पनि समिक्षा गर्ने र सरको भविष्यको बारेमा छलफल शर्माको भनाई छ ।

अहिले नै निर्वाचनको बारेमा सोच्ने समय नभएको शर्माले बताए । उनले काँग्रेस गठबन्धन सरकारमा रहेको र पहिलो उद्देश्य सरकारको सफलता रहेको बताए । उनले मिसन २०८४ भन्दा पनि भजन ९५ को अवधारणा अगाडी बढाउनुपर्नेमा जोड दिए । शर्माले नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिसन ८४ भनेकोमा उहाँहरुलाई शुभकामना दिँदै देश विकासको लागि अब भिजन ९५ को अवधारणालाई अगाडी बढाउनुपर्ने बताए । उनले काँग्रेस सहित देशका सवै राजनीतिक दलले निर्वाचन केन्द्रित हुन नहुने बताउँदै आगामी १५ वर्षमा देशलाई कस्तो बनाउने स्पष्ट योजना अनुसार अगाडी बढनुपर्ने बताए ।

ठुला विकासका योजनाहरू सञ्चालन गर्नु पूर्व सावधानीपूर्ण र जिम्मेवार ढङ्गले अगाडि नबढ्दा अहिले समस्या आएको उनले बताए । उनले २०६२÷०६३ को परिवर्तनपछि सरकारमा एमाले ९ पटक र काँग्रेस ८ पटक सहभागि भएको बताउँदै एकले अर्कोलाई गाली गरिरहनुको औचित्य नभएको जिकिर गरे । ‘सरकारमा एमाले र काँग्रेसले ९ र ८ पटक सहभागी भइसकेका छन् । एमालेले एक पटक बढी सहभागी भएको छ,’ शर्माले भने,‘केही राम्रा कामहरू पनि हाम्रै पालामा भएका छन्, त्यसका जस पनि हामीले बाँडेर लिउ, केही गल्ती भएका छन् त्यसको दोष पनि सबैले बोकौँ र गम्भीर समीक्षा सहित अगाडि बढौँ त्यसैमा हित छ । आरोप प्रत्यारोप गरेर कुनै लाभ छैन ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here