कुपोषण पीडित बालकको उपचारमा सहजीकरण

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, २३ कार्तिक । बागलुङमा एक कुपोषण पीडित बालकको उपचारमा सहजीकरण गरिएको छ । गलकोट नगरपालिका–२ नरेठाँटीमा गतभदौ २८ गते जन्मिएका बालकको धौलागिरी अस्पतालमा उपचारका लागि सहजिकरण गरिएको हो ।

नरेठाँटी स्वास्थ्य चौकीमा कार्यरत सिनीयर अनमी जमुनाकुमारी कार्कीको पहलमा बागलुङमा संचालित हिमालयन मोटरसाइकल वर्कसपका प्रोपाइटर यामबहादुर कार्की र पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य तथा धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माको सहकार्यमा अस्पतालमा उपचारका लागि सहजीकरण गरिएको हो ।

जन्मदाँ १९ सय ग्राम तौल भएका बालकको परिवारको वेवास्थाका कारण १ महिना २७ दिन हुँदा पनि तौल बढ्ने भन्दा कम हुदै गएर १८ सय ग्राममा झरेको र परिवारको आर्थिक अवस्था पनि कमजोर भएका कारण उपचारका लागि पहल गरेको सिनीयर अनमी कार्कीले बताउनुभयो ।

बालकलाई उपचारका लागि लिएर आउनुभएकी आमा बागलुङमा आएर वेवारिसे जस्तै बनेको अवस्थामा व्यवसायी कार्की र पत्रकार शर्माले भेटी अस्पतालको सम्वन्धीत ठाउँमा पु¥याउनु भएको थियो । अस्पतालका बालरोग बिषेशज्ञ किरण तिवारीले बच्चालाई शिघ्र कुपोषण भएकाले पोषण कार्यक्रमको सहयोगमा अस्पतालमा राखेर आवश्यक उपचार गर्ने बताउनुभयो ।

अस्पतालका पोषण अधिकृत निशान्त आचार्यले सरकारले दिएको निशुल्क उपचार सेवालाई अधिकतम रुपमा बच्चाको उपचारमा प्रयोग गरिने बताउनुभयो । शिघ्र कुपोषण भएकाले २ हप्तादेखि ४ हप्तासम्म राख्नुपर्ने निर्देशिका रहेकाले पूर्ण रुपमा सकुशल नभएसम्म बच्चालाई अस्पतालमा राखेर उपचार गरिने उहाँको भनाई थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here