
बागलुङ, २२ असोज । राष्ट्रिय जनमोर्चा बागलुङले गलकोट नगरपालिका–९ मल्ममा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
जनमोर्चा बागलुङले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत मल्ममा सोमबार प्रशिक्षण भेला सम्पन्न भएको जनमोर्चा बागलुङका अध्यक्ष तेज बहादुर थापा (तिलक)ले जानकारी दिनुभयो ।
प्रशिक्षण भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटाले प्रशिक्षण दिनुभएको थियो । रुमकान्त गौतमको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण भेलाको संचालन नारायण सापकोटा र स्वागत भीम गौतमले गर्नुभएको थियो ।
भेलाको अवसरमा नारायण गौतमको नेतृत्वमा सदस्यता वितरण र टोल समिति गठन गरिएको छ ।