एमसीसी सम्झौताले मुलुकको राष्ट्रियता गम्भीर संकटमा: जनमोर्चा अध्यक्ष थापा

बागलुङ, १० असोज । राष्ट्रिय जनमोर्चा बागलुङले बरेङ गाउँपालिका–३ बाटाकाचौरमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ । जनमोर्चा बागलुङले असोज ५ गतेदेखि २७ गतेसम्म संचालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत मंगलबार बाटाकाचौरमा प्रशिक्षण भेला सम्पन्न गरिएको हो ।

प्रशिक्षण भेला कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले राजनैतिक संरक्षणका कारण भ्रष्टाचार संस्थागत बन्दै गएको बताउदै बिकृती र बिसंगतीको अन्त्यका लागि संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले अनुदानको नाममा आएको एमसीसी सम्झौताले मुलुकको राष्ट्रियता गम्भीर संकटमा परेकोले राष्ट्रियता जोगाउन आन्दोलन अपरिहार्य बनेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य हिरा बहादुर थापा, राजमो बरेङका अध्यक्ष पुर्ण बहादुर पुन लगायतले प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रममा अखिल नेपाल युवक संघ बागलुङका कोषाध्यक्ष दुर्गा थापा, अखिल नेपाल महिला संघ बागलुङका सदस्य तथा बरेङ गाउँकार्यपालिका सदस्य तुल्सी बस्याल, राजमो पाल्पाका सदस्य तिलक गाहा, राजमो बरेङका कोषाध्यक्ष शेर बहादुर पुन लगायतले बोल्नुभएको थियोे ।

वडा समिति अध्यक्ष पृथ्वी बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको संचालन सचिव पुर्ण परियार र स्वागत उपाध्यक्ष मन बहादुर पुनले गर्नुभएको थियो । प्रशिक्षण भेलामा टोल समिति निर्माण साथै सदस्यता बितरणको कार्यक्रम बनाएको वडा समितिका अध्यक्ष पुनले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here