धौलागिरी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, १० असोज । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा बागलुङको धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेक अन्य सेवा बन्द गरेका छन् ।

सरकारको तर्फबाट स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति नभएसम्म आकस्मिक बाहेकका सवै सेवाहरु दिन नसक्ने भन्दै मंगलबारदेखि स्वास्थ्यकर्मीहरुले सबै सेवा ठप्प गरेको घोषणा गरेका हुन् । धौलागिरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले विज्ञप्ती जारी गरेर सेवा ठप्प गरेको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छः‘असोज ८ गते मणिपाल शिक्षण अस्पताल पोखरामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथी नियोजित रुपमा भएको सांघातिक आक्रमण तथा अस्पताल समेत तोडफोड गरेको घटनाप्रति धौलागिरी अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु घोर भत्सर्ना एवं निन्दा गर्दछौं ।’

धौलागिरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले विज्ञप्ती मार्फत इमान्दारी पूर्वक आफ्नो काम कर्तव्य पालना गरी आफ्नो ज्ञान सीप र क्षमतालाई प्रयोग गर्दै विरामीको सेवामा अहोरात्र खटिई रहँदा मृत्युलाई अतिरन्जित गरि चिकित्सकहरुलाई ज्यान मार्ने हेतुले अस्पतालनै कब्जा गरी अस्वभाविक र अमानविय तवरले गरेको कुटपिट प्रति घोर भत्सर्ना गर्दै दोषीलाई यथाशिघ्र पक्राउ गरेर कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । देशव्यापी रुपमा भएको चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको आन्दोलन प्रति एकेवद्धता प्रकट गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here