
ओखलढुंगा, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सुन तस्करीमा लिप्त भएकाे बताएका छन् ।
ओखलढुंगाकाे रामपुरमा स्व.मदन भण्डारीकाे शालिक शिलान्याश तथा गुरु लुईटेल स्मृति पार्ककाे उद्घाटन गर्दै ओलिले यस्ताे आराेप लगाएका हुन् ।
अध्यक्ष ओलिले संसद चलाउन, कानुन बनाउन छाडेर सरकार तस्करीमा लागेको उनको आरोप छ । उनले अघि भने‘सरकारमा सहभागी पार्टीका नेताहरुलाई देख्नु भो तस्करी, भनेर सोध्दा उता मुन्टो फर्काएर अंह अहं भन्छन् ।’
उनले सुन तस्करी छानविन गर्न माग गर्दा एमालेमाथि संसद चल्न नदिएकाे आराेप लगाएकाे भन्दै आक्राेश पाेखे । अध्यक्ष ओलीले अहिले किन संसद चलेन ? कि प्रधानमन्त्री जता गयाे संसद उतै छ ? अहिले सरकारले संसद चल्न नदिएकाे बताए ।
गुरु लुईटेल अध्ययन तथा विकास प्रतिष्ठानले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन, पार्क उद्घाटन तथा शालीक शिलान्याशमा ओेलि अपराह्न हेलिकप्टरबाट रामपुर आएका थिए ।