भाइरल गायिका सिम्रनको स्वरमा ‘मुटुमै घाउ छ’ सार्वजनिक

काठमाडौं, २९ साउन । हाल सामाजिक सञ्जालमा भाइरल बनिरहेकी बागलुङकी नवगायिका सिम्रन परियारको दोस्रो गीत ‘मुटुमै घाउ छ’ सार्वजनिक भएको छ ।

डा. विष्णु मूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको उक्त बोलको गीतले हाल दर्शकहरूबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

संगितकार एवं गायक श्रीधर अधिकारीको आधिकारिक युट्युब च्यानलबाट शनिवार साँझ सार्वजनिक भएको उक्त गीतले अहिलेसम्म झण्डै ४ लाख भ्युज पाइसकेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएसँगै गायनमा अनेकन् अवसर प्राप्त गरिरहेको सिम्रनको पहिलो गीत ‘उसलाई पाउन २’ को फिमेल भर्सनले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here