जैमिनी नगरका जनप्रतिनिधिलाई नेतृत्व बिकास तालिम सुरु

बागलुङ, १९ असार । बागलुङको जैमिनी नगरपालिकाका जनप्रतिनिधीहरुको लागि मंगलबारदेखी नेतृत्व बिकास तथा वाक कला तालिम सुरु भएको छ ।

तालिमको उदघाटन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख हरिहर शर्माले नगरका जनप्रतिनिधीहरु नेतृत्वदायी र भाषणकलामा अबल हुन तालिमले सहयोग पुग्ने बताउनुभयो ।

उपप्रमुख शर्माले जनप्रतिनिधिहरुका बिचमा धेरै अफ्ट्यारो रहेपनी धैरे भएर नगरको बिकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिको रुपमा काम गर्दा धेरै समस्या आउने र सबैको बिचमा बसेर छलफल गरेमा समाधान गर्न सहज हुने  बताउनुभयो ।

उदघाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष जिबनकला खत्री सरिताको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रमको स्वागत सहसचिब तथा तालिम संयोजक तारानाथ आचार्य र संचालन सचिब बिजय रानाले गर्नुभएको थियो ।

तालिममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र नेपाल पत्रकार महासंघ कास्कीका पुर्वअध्यक्ष दिपेन्द्र श्रेष्ठले सहजीकरण गर्ने पत्रकार महासंघ बागलुङका सचिब बिजय रानाले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र जैमिनी नगरपालिकाको समन्वय र सहयोगमा सुरु भएको तालिम बुधबार सम्पन्न हुनेछ । तालिममा जैमिनी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्य (४० जना)को सहभागीता रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here