
बागलुङ, १३ असार । बागलुङ उसु संघको तदर्थ समितिको गठन गरिएको छ ।
बुधबार बसेको भेलाले बाबुकाजी के.सीको अध्यक्षतामा ११ सदस्य बागलुङ उसु संघको तदर्थ समिति गठन गरिएको हो । केसी उसु खेलका पूर्व खेलाडी साथै रेफ्रि र प्रशिक्षक समेत हुनुहुन्छ ।
समितिको उपाध्यक्षमा विष्णुराज पन्त, सचिवमा अनुप खड्का, कोषाध्यक्षमा पदम गौचन रहनुभएको छ । समितिको सदस्यहरुमा नविन खड्का, सुमन केसी हमाल, सुरेन्द्र लामा (शुक्र), गोकुल उपाध्याय, युनिस मियाँ, सोनाम खत्री र अर्जुन कार्की रहनुभएको छ ।
भेलामा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेश बास्कोटा, जिल्ला खेलकुद विकास समिति बागलुङका उसु खेलका प्रशिक्षक दिल बहादुर किसान र कबड्डी खेलका प्रशिक्षक सन्दिप पन्तको विशेष उपस्थिति रहेको थियो ।