सिडेन बागलुङको अध्यक्षमा केसी चयन

बागलुङ, १ जेठ । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) बागलुङको दोस्रो जिल्ला अधिवेशन सोमबार बागलुङमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले देश बनाउने इञ्जीनियरहरु लोकतान्त्रिक विचारलाई बलियो बनाउनका निम्ती क्रियाशिल हुन आग्रह गरे । उनले सिडेनमार्फत सम्पूर्ण विधाका इञ्जिनियरहरूको प्राविधिक क्षमता अभिवृद्धिमा जोड दिन जरुरी रहेको बताए । शर्माले आफ्नो पेशा सँगै लोकतान्त्रिक आन्दोलनलाई थप उपचाईमा पु¥याउन सिडेनको महत्वपुर्ण भुमिका हुने बताए ।

कार्यक्रममा सिडेन बागलुङका सल्लाहकार विवेक सापकोटा, सुदिप शर्मा, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विषेश पराजुली, सिडेन गण्डकी प्रदेश सदस्य एवं अधिवेशन प्रतिनिधि अवित केसी लगायतले बोलेका थिए ।

कार्यक्रम सिडेन बागलुङका अध्यक्ष नविन सापकोटाको अध्यक्षता, उपाध्यक्ष अभिनाथ केसीको स्वागत र सचिव प्रदिप आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

अधिवेशनले अभिनाश केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दिपक दाहाल, सचिवमा सुवास आचार्य, सहसचिवमा राजेश आचार्य र कोषाध्यक्षमा अनिल शर्मा रहेका छन ।

समितिको सदस्यमा सुरज श्रीष, सुनिल शर्मा,अशोक थापा, सुजता शर्मा, विनोद सापकोटा, साजन आचार्य, आशिष क्षेत्र र योगेश पौडेल रहेका छन । अधिवेशनले भावी कार्यदिशा समेत तय गरेको नवनिर्वाचित अध्यक्ष अभिनाथ केसीले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here