टाेपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।

उनी काठमाडौंबाटै पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ । काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here