सकियो ट्राफिक सप्ताह

बागलुङ, ३१ बैशाख । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सडक दुर्घटन न्यूनिकरणको लागि ट्राफिक सप्ताहले महत्वपूर्ण भुमिका खेलेका बताएका छन् ।

ट्राफिक सप्ताहको समापन तथा समिक्षा कार्यक्रममा बोल्दै नगप्रमुख श्रेष्ठले ग्रामीण सडक, चालक र सडकयात्रुको लापरबाहीले दुर्घटना हुने गरेको बताए । उनले बागलुङ जिल्लाभर सप्ताहब्यापी रुपमा कार्यक्रम संचालन गरेर ट्राफिक नियमको जानकारी गराएर दुर्घटना न्यूनिकरण गरिएको बताए ।

नयाँ टेक्नोलोजी अनुसार बाहिरी देशमा सवारी संचालन भइरहेकोले दुर्घटना न्यूनिकरण भएपनि नेपालमा जनचेतनाको माध्यमबाट न्यूनिकरण गर्न सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठको भनाई छ । उनले बागलुङ नगरपालिका भित्र पार्किङ्गकको अभावले सडक जाम हुने गरेको बताउँदै त्यसको अन्त्यको लागि सरोकारवालाहरुले विकल्पको खोजी गर्नुपर्ने बताए ।

बागलुङ नगरपालिकाले हाल ट्राफिक कार्यालय रहेको भवन भत्काएर स्मार्ट शौचालय र कफि सप सप बनाउनको लागि टेन्डर प्रक्रियामा गएको छ । नगरप्रमुख श्रेष्ठले ट्राफिक कार्यालय रहेको पार्कको आडमा रहेको भवनमा स्मार्ट शौचालय र कफिसप निर्माणको लागि टेन्डर भइरहेकोले ट्राफिकको लागि भवनको खोजी भैरहेको बताए ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापा, पत्रकार महासंघका सचिव बिजय राना, उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, सामुदायिक प्रहरी सेवा गुठीकी अध्यक्ष लीलादेवी खड्का र व्यवसायी उमेश केसीले मन्तव्य राखेका थिए ।

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको आयोजनामा बैशाख २५ गतेदेखि सचेतना ¥याली, जनचेतनामूलक पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, सडकका खाल्डाखुल्डी पुर्ने, सवारी चालक र सहचालकलाई प्रशिक्षण, सिट क्षमता अनुगमन, शैक्षिक संस्थामा विद्यार्थीहरुलाई ट्राफिक नियमको प्रशिक्षण, स्ट्रिकर टाँस्ने, रक्तदान लगायतको सप्ताहव्यापी कार्यक्रम गरेको ट्राफिक कार्यालय बागलुङका बरिष्ठ प्रहरी नायव निरीक्षक मीन बहादुर खड्काले बताए । ट्राफिक प्रहरी प्रमुख खड्काले कार्यक्रमबाट ३६ हजार बढी नागरिकले लाभ दिएको बताए ।

प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत ट्राफिक कार्यालय बागलुङका प्रमुख खड्का र संचालन जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here