धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत

बागलुङ, १८ चैत । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सर्वसम्मत गठन गरिएको छ ।

क्याम्पसमा दर्ता भएका दश वटा विद्यार्थी संगठनबीच सर्वपक्षीय सहमतिले शनिबार नेविसंघका सुदिप सागर कंडेलको नेतृत्वमा १९ सदस्यीय स्ववियू कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नेविसंघका दिपक सुवेदी, सचिवमा अनेरास्ववियुका अनिल शर्मा, सहायक सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का खिमानन्द कंडेल र कोषाध्यक्षमा नेविसंघका सृष्टि आचार्य चयन भएका छन् ।

त्यस्तै सदस्य प्रत्यक्ष तर्फ नेविसंघका कृष्ण बहादुर अठारे, सुनिल गौतम, विशाल थापा, मनोज पौडेल, गणेश प्रसाद आचार्य र सचिन हरिजन, अनेरास्ववियू (छैठौं)का नगेन्द्र थापा र अनेरास्ववियूका सुनिल पौडेल चयन भएका छन् । यस्तै सदस्य समानुपातिक तर्फ अनेरास्ववियुका अस्मिन शेख, नेविसंघका रुपादेवी रोका, अनेरास्ववियू (छैठौं)का रेखा शर्मा, अनेरास्ववियूका तस्लिमा मियाँ, अनेरास्ववियु –क्रान्तिकारी बहुमत)का दिवस खड्का र अनेरास्ववियु (क्रान्तिकारी) विप्लपका सुधन विक चयन भएका छन् ।

धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरु बीच विवाद हुँदा चैत ५ गते निर्वाचन हुनसकेको थिएन । क्याम्पस प्रशासनले चैत ५ गते निर्वाचन गराउन नसकेपछि पुनः निर्वाचनको लागि चैत १८को समय तोकेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here