
बागलुङ, ३ फागुन । अन्तराष्ट्रिय कलाकारहरुले महाशिवरात्रीको अवसरमा मंगलबार साँझ बागलुङ बजारमा नेपाली संस्कृतिमा प्रस्तुति दिएका छन् ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) बागलुङले आयोजना गरेको महारात्री (नेपाली संस्कृती, विदेशी प्रस्तुती) कार्यक्रममा विभिन्न १० देशका २५ जना भन्दा बढी अन्तराष्ट्रिय कलाकारहरुले हिन्दु धर्मावलम्बीहरुको संस्कृती सम्बन्धीत विभिन्न प्रस्तुति दिएका हुन् ।
विदेशी भएर पनि नेपाली भाषा, भेष र संस्कृतिमा गरिएको प्रस्तुतिले सुरुदेखि अन्त्यसम्म प्रशंसा पायो । भेदा नामक अन्तराष्ट्रिय सांस्कृतिक समूहको समन्वयमा रसिया, युक्रेन, अमेरिका, हंगेरी, पोल्याण्ड ,बंगलादेश, भारत, नेपाल र अफगानिस्तानका कलाकारले गीतसँगै नाच र नाटक प्रस्तुत गरेका थिए । उक्त टोलीको नेतृत्व गरेकी माधुर्य कादम्बिनीदेवी दासीले नेपालको संस्कार संस्कृतिको पटक–पटक प्रशंसा गरेकी थिइन् ।
विभिन्न देशको प्रस्तुति हेरेपछि स्थानीयहरुले खुशी प्रकट गरेका थिए ।
साढे दुई घण्टाको अवधीमा श्रीकृष्ण र भागवत गीतासंग सम्बन्धित १० वटा नृत्य, दुई वटा नाटक एउटा प्रवचन प्रस्तुत गरिएको थियो । नाटकमा भगवान कृष्णका लिला सम्बन्धी कथालाई कलात्मक प्रस्तुती गरियो ।
फोटो :