साहित्यका विधाका तीन श्रष्टा पुरस्कृत

बागलुङ, २८ माघ । नेपाली भाषा साहित्यको विकासमा सहयोग पु¥याउने तीन जना साहित्य कृति लेखक बागलुङमा सम्मानित हुनुभएको छ ।

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार –२०७८ पटाक्षेप (उपन्यास) का लेखक टिका मिलन, ‘बम–सरस्वती स्मृति पुरस्कारबाट साहित्यकार शकुन्तला ज्ञवाली पौडेल र ‘हिमलाल–मन्धरा स्मृति पुरस्कारबाट श्रष्टा तुलसीजी पौडेल पुरस्कृति हुनुभएको हो ।

पुरस्कृत टिकाराम घिमिरे इटहरी उपमहानगरपालिका–५ सुनसरी निवासी हुनुहन्छ । उहाँ नगद बीस हजार रुपियाँसहित पुरस्कृत भएको धौलागिरि साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । घिमिरेका राजवृक्षको हाँगो (कथा संग्रह) पटाक्षेप (उपन्यास) प्रकाशित कृति हुन ।

साहित्यकार तुलसीजी पौडेल बागलुङ नगरपालिका–१३ पैँयुपाटा निवासी हुनुहुन्छ । निजामति सेवाका विशिष्ट श्रेणीमा कार्यरत पौडेलको बद्ध बनेका सिद्धार्थलाई (कविता संगालो), नमरेको मृत्यु (कविता) संग्रह प्रकाशित छन । उहाँले समाजशास्त्रका विषयमा विभिन्न शोधपत्र तयार गर्नुभएको छ ।

कविलवस्तु नगरपालिका–३ तिलौराकोट निवासी सकुन्तला ज्ञवाली पौडेलले भावना क्वाँटी संगह नेपाली अवधी, संघर्ष कथा संग्रह, प्रवाह कविता संग्रह जस्ता साहित्यीक कृति प्रकाशन गर्नुभएको छ । पुरस्कृत तीनै जनालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खडका ‘विखर्चीले पुरस्कार प्रदान गर्नुभएको थियो । पौडेल र ज्ञवालीले नगद दश हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको थियो ।

नेपाली भाषा साहित्यको विकास र विस्तारको लागि श्रष्ठालाई प्रदान गर्ने पुरस्कारले लेखनीमा थप उत्साह र प्रेरणा मिल्ने बताउनुभयो । धौलागिरि साहित्य प्रतिष्ठानले विस २०४१ सालदेखि निरन्तर रुपमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here