गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराईने

कास्की, १० पुस । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी गरिएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई शपथ गराउनुहुनेछ । त्यसको भोलिपल्ट बस्यालले अरू सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने पुस १३ मा आफ्नै निवास सिमलचौरमा शपथ गराउनुहुनेछ । नेपालको संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन, २०७४ को दफा ७५ (१)बमोजिम प्रदेश प्रमुखले निर्वाचित प्रदेश सभाका ज्येष्ठ सदस्यलाई शपथ गराउने प्रावधान छ ।

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदले मातृभाषामा पनि शपथ लिन पाउने भएका छन् । संसद् सचिवालयले उनीहरूलाई मातृभाषामा शपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर, त्यसका लागि सांसदहरूले तीन दिनअघि नै जानकारी गराउनुपर्नेछ ।

६० सदस्यीय गण्डकीमा २७ सिट कांग्रेस, २२ सिट एमाले, आठ सिट माओवादी, दुई सिट राप्रपा र एक सिट एकीकृत समाजवादीको छ । मनाङबाट स्वतन्त्र रूपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here