एमालेका उम्मेदवारद्वारा मतदातालाई धन्यवाद व्यक्त

बागलुङ, २२ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ का  नेकपा एमालेका उम्मेदवाहरुले मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उम्मेदवारहरुले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनमा आफुहरुको हार प्राविधिक मात्रै भएको बताउँदै पाँच दलिय गठबन्धनका विरुद्धमा आफुहरुले मतदाताले दिएको अमुल्य मतको लागि धन्यवाद ज्ञापन गरेका हुन् । जिल्लाभरीनै पार्टीका उमेद्वारहरुले ल्याएको मत र समानुपातीक मतले पार्टी पंक्ती र मतदातालाई समेत उत्साहित बनाएको भन्दै उनीहरुले निर्वाचन जीतेर संसद भवन नपुगेपनि जनताको मन जीतेको दावी गरे ।

बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उमेद्वार डा. सूर्य पाठक, प्रदेशसभा ‘क’का उमेद्वार हिराबहादुर केसी र ‘ख’का उमेद्वार नवराज पौडेलले संयुक्त रुपमा निर्वाचनमा सहयोग गर्ने मतदाता, कार्यकर्ता र सवै सरोकारवालाहरुलाई धन्यवाद दिएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्यका उम्मेदवार हिरा बहादुर केसीले गठबन्धनको ठूलो घेरा बन्दीका विच एमालेले लोकप्रिय मत हासिल गरि देशकै पहिलो पार्टीको रुपमा स्थापित हुनु गर्वको कुरा भएको बताए । उनले देशैभरीबाट प्राप्त मतको आधारमा नेकपा एमालेले उठाएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मुल नारालाई अनुमोदन गर्नूका साथै जनता देश विकासको लागि एमालेको पक्षमा रहेको जनमतबाट पुष्टि भएको बताए ।

केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभाका प्रत्यासी डा. सुर्यै पाठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागलुङ– १ का जनताले नेकपा एमालेप्रति देखाएको माया र सद्भावका कारणले जिल्लामै पार्टी पहिलो शक्तिको रुपमा उदाएको पाठकले दावी गरे । उनले निर्वाचनका क्रममा जनता समक्ष गरेका बाचाहरुलाई पुरा गर्नका लागि संसदमा नरहेपनि निरन्तर त्यसमा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एमालेका उम्मेदवारहरुले पहिले भन्दा यस वर्ष क्षेत्र नम्बर १ को अधिकांश स्थानीय तहमा शान्तिपूर्ण र भयरहित बातावरणमा निर्वाचन सम्पन्न भएपछि दुई स्थानमा पाँच दलिय गठबन्धनले सत्ताको बलमा अनियमितता भएको बताएका छन् । उनीहरुले उक्त अनियमितताको निन्दा गर्दै आगामी दिनमा त्यस्ता घटना नदेहोराउन समेत सचेत गराएका छन् । ‘पहिले भन्दा यस वर्ष क्षेत्र नम्बर १ मा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भयो,’ पाठकले भने,‘यस वर्ष जैमिनी नगरपालिका–४ सर्कुवा र बागलुङ नगरपालिका–११ रायडाँडामा सत्ता गठबन्धनले सत्ताको बलमा बुथ कब्जा र धाधलि गरेर मतदान गर्यो यो घटनाको हामीले निन्दा गर्दछौं । यस्ता घटना नदोहोराउन निर्वाचन आयोगलाई समेत सचेत गराएका छौं ।’

पाठकले सर्कुवामा एमालेका उम्मेदवार र एजेन्डलाई बाहिर लखेटेर मतदान कर्मचारीलार्य नियन्त्रणमा लिएर बुध कब्जा गर्दै मतदान गरिएको भिडियो नै बाहिर आएकोले बताउँदै सत्ताको बलमा गठबन्धनले अनियमितता गरेको बताए । यस्तै उनले देशभर जम्मा ५३, ५४ प्रतिशत मत खस्दा प्रदेशसभाका उम्मेदवार नै रहेको रायडाँडामा ८० प्रतिशत भन्दा बढी मत खस्नुले निश्पक्ष मतदान नभएको पुष्टि भएको बताए ।

अध्यक्ष केसीले निर्वाचन सम्पन्न पछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रायडाँडामा पुग्दा स्थानीयहरुले उम्मेदवारकै संलग्नमा बुध कब्जा गरी मतदान गरेको जानकारी पाएको बताए । उनले मतदातालाई सुरक्षित रहेको महशुस गरी मतदान गराउन उम्मेदवारले सहयोग पु¥याउनुपर्नेमा आफु नै संलग्न रहेर बुध कब्जा नै गरेर मतदान गर्नुले सन्देश राम्रो नदिएको बताउँदै आगामी दिनमा त्यस्ता घटना नदोहोराउन समेत सचेत गराएका छन् ।

केसीले आफुहरु मतको आधारमा पराजित भएपनि बागलुङबासी जनताका आधारभूत आवश्इकताहरु शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी सिँचाईलगायतका समग्र समस्याहरुलाई समाधान गर्न सम्बन्धीत निकायमा निरन्तर खबरदारी गर्ने बताए । ‘हामीहरु जनताको साथमा रहेर जनताकै काम गर्ने छौं । यो निर्वाचनमा पार्टीको पक्षमा, पार्टीले अगाडी सारेका उम्मेदवार हरुको पक्षमा मतदान गर्नु हुने सम्पुर्ण बागलुङबासी मतदाताहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।’ केसीले भने,– ‘पार्टी कार्यकर्ताहरुको अथक प्रयास र मेहनेतप्रती आभार प्रकट गर्दछौ । निर्वाचनमा हामीलाई प्राप्त मतले जिल्लाको विकासमा लाग्न थप प्रेरणा र उत्साह थपेको छ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here