बागलुङ–२ मा माओवादीका पौडेल निर्वाचित

बागलुङ, , ७ मंसिर । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलले २४ हजार ७७९ मत प्राप्त गरी विजयी भएका छन् ।

पौडेलले नेकपा एमालेका मञ्जु शमाले भन्दा ४ हजार ५९९ मतान्तरले निर्वाचित भएका छन् । एमालेकी शर्माले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।

पाँच दलिय गठबन्धनका साँझा उम्मेदवार पौडेल शिक्षा मन्त्री समेत हुन् । उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले २ हजार ३२५, नेपाल दलित पार्टीका टेक प्रसाद कामीले २२३, राष्ट्रिय जनमुक्ति पार्टीका चित्र्रप्रसाद गुरुङले १०९, स्वतन्त्र तुलसीराम अर्यालले ४०७ र डिल बहादुर कार्कीले ३७ मत प्राप्त गरे ।

ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा पर्ने क्षेत्र नम्बर २ मा ९५ हजार ५६१ मतदाता मध्ये ५१ हजार १ सय ३५ मत खसेको थियो ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’ र ‘ख’मा समेत गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रदेश ‘क’मा निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’मा नेपाली काँग्रेसका जित बहादुर शेरचन विजयी भएका छन् । उनले १५ हजार १०८ मत ल्याए ।

यस्तै स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८०० प्राप्त गरे । उनलाई स्वतन्त्र उम्मेदवार घर्तीलाई नेकपा एमालेले समर्थन गरेको थियो । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए ।

ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो । आठ सय ६४ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दोर्ण कुमार कुँवर विजयी भएका छन् । उनले १२ हजार ४०८ मत पाएर विजय हासिल गरे ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत पाएका छन् । यस्तै नेपाल दलित पार्टीका टेक प्रसाद कामीले २७७, मंगोल नेशनसल अर्गनाइजेशनका तारा बहादुर घर्ती मगरले २३७, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ४४, स्वतन्त्र नरबहादुर गुरुङले ३४१ र दुर्गादेवी घर्ती मगरले ६ मत प्राप्त गरेका छन् ।

बागलुङ जिल्लाको निसीखोला र तमानखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा पर्ने प्रदेश (२)मा ४१ हजार २२७ मतदाता मध्य २३ हजार ३३८ मत खसेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here