बागलुङ–१ मा जनमोर्चाका केन्द्रीय अध्यक्ष केसी विजयी

बागलुङ, ७ मंसिर । राष्ट्रिय जनमोर्चाले बागलुङबाट प्रतिनिधिसभा सदस्यमा जितको सुरुवात गरेको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

जनमोर्चाका केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका अनुसार केसी नेकपा एमालेका उम्मेदवार सुर्यप्रसाद पाठकभन्दा २ हजार ६२६ को मतान्तरले निर्वाचित भएका छन् । पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका छन् ।

केसी पाँच दलिय गठबन्धनका साझा उम्मेदवार हुन् । पाठक निवर्तमान सांसद हुन् ।

बागलुङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कंडेलले ९ हजार १८१ मत प्राप्त गरे । यस्तै राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३, नेपाली काँग्रेस (वि.पि)का शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गरे ।

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ र ‘ख’मा समेत पाँच दलिय गठबन्धनका साँझा उम्मेदवारहरु विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा विजयी भएका छन् । थापाले १३ हजार ८८४ मत ल्याएरभने उनका प्रत्याशि नेकपा एमालेका हिरा बहादुर केसीले १२ हजार ४०५ मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार ४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक ४०७ र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले १०७ मत प्राप्त गरे ।

बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता मध्ये २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा ६३२ मत बदर भएको छ ।

यस्तै बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका नेता डिल्लिराम सुवेदी बिजयी भएका छन् ।

सुवेदीले १३ हजार ३२० ल्याएर बिजयी हुँदा नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत पाए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here