बागलुङ निर्वाचन क्षेत्र २ मा दिउँसो ३ बजेदेखि मतगणना हुने

बागलुङ, ५ मंसिर । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को मत गणना आज दिउँसोबाट हुने भएको छ ।

मतगणनाका लागि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले राखेको राजनीति दल र उम्मेदवारका प्रतिनिधिसहितको सर्वदलिय बैंठकले आज दिउँसो ३ बजेबाट मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।

मतगणना ढोरपाटन नगरपालिका–१ मा रहेको बुर्तिबाङ नयाँ शहर आयोजनाको सभाहलमा हुने भएको छ । मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ । बागलुङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल र नेकपा एमालेका मञ्जु शर्मा चालिसेको मुख्य प्रतिस्पर्धा रहेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–२ मा ७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्य (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका जित बहादुर शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिको मुख्य प्रतिस्पर्धा रहेको छ । घर्तिलाई नेकपा एमालेले समर्थन गरेको छ ।

यस्तै प्रदेशसभा सदस्य (ख) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दोर्ण कुमार कुँवर र नेकपा एमालेका लक्ष्मण पुनको मुख्य प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा (ख) मा सात जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन् ।

बागलुङ क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ मतदाता मध्य ५१ हजार ३ सय ६९ (५३.७५ प्रतिशत)ले मतदान गरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here