मुस्ताङ, ५ मंसिर । नेपाली कांग्रेसले मुस्ताङबाट प्रतिनिधि सभामा खाता खोलेको छ । नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभाका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।
थकालीले ३९९२ मत ल्याउँदा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएका हुन् । गौचन ९१४ मतान्तरले विजयी भएका हुन् ।
यसैगरी रास्वपाका उम्मेदवारले ८७ मत ल्याएका छन् भने, राप्रपा नेपालले १३ मत ल्याएको छ ।