चुनाव अपडेट: देशभर ३५ राउण्ड हवाई फायर

काठमाडौं, ४ मंसिर । जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा आइतबार देशभर ३५ राउन्ड हवाई फायर भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ।

सिरहाको मिर्चैया बडहरामालमा ३ राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड र हुम्लामा १८ राउन्ड हवाई फायर भएको प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए ।

हुम्लाको देवकोटा आवि कुनापानीमा १७ राउन्ड र मान्धारा मावि भकुन्डामा १ राउन्ड हवाई फायर भएको छ । यस्तै बाजुरामा ५ राउन्ड र डोटीमा ४ राउन्ड हवाई फायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here