पक्राउ परेका नेकपा बहुमतका जिल्ला नेता रिहा

बागलुङ, बागलुङ, २३ कार्तिक । निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै गर्दा बागलुङमा पक्राउ परेका धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेता रिहा भएका छन् ।

बागलुङ नगरपालिका–२ ट्राफिक चोकमा मंगलबार साँझ निर्वाचन आचारसंहिता विपरित निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङले नेकपा बहुमतका नेता दलसिंह खत्री, हरि नेपाली र कृष्ण बहादुर कुँवरलाई पक्राउ गरेको थियो । उनीहरुलाई बुधबार परिवारको जिम्मा लगाएर तारेखमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए । उनीहरु तीनै जना बागलुङको गलकोट नगरपालिका–१ का रहेको प्रहरीले बतायो ।

उनीहरुको साथबाट संघीय निर्वाचन बहिस्कार गरौँ लेखिएका पोष्टर र पर्चा बरामत गरिएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत सहित विप्लब नेतृत्वको नेकपा, आहुती र मोहन बैद्यको कम्युनिष्ट पार्टी र नेकपा (मशाल)ले बहिस्कार गर्ने निर्णय गरेका छन् । उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेर निर्वाचन बहिस्कारको पोष्टर टाँस्ने, पर्चा बाड्ने काम गरिरहेका छन् ।

बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्ने नेकपा बहुमतका नेता पक्राउ

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here