असंख्य मनहरूको कथा अशान्त भएपछि मन वहकिन थाल्छ । जब तिमी म बाट टाढियौ मन अन्यासी भकानिर रुन थाल्यो ।
आसुको तालमा पौडदै गुन्जाउछु
तिम्रो नामको चित्कार ।।।
पाईला अन्तै मोड्यौ,
दिल अन्तै जोड्यौ
फगत् मुस्कानको उपहार ।
आखिरमा यो अमुल्य जीवान चलचित्र नै त रहेछ । यो अन्तिम पत्र तिम्रै लागी लेख्दै छु । यो पत्र तिम्रो हातमा हुने दिन म यो संसारमा नै हुने छैन । म मरेको खबर पायौं भनेतिम्रो आँखाबाट अमुल्य आशु नझार्नु है । हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ । यी सपना जस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन् । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु ।
तर
तिमीलाई म निष्ठुरी भनेर सम्बोधन गर्न सक्दिन ।
खै । किन खनाएथे मैले तिमीलाई मुटुभरीको माया, अधरभरीको प्यार अनी आत्मा देखिको विश्वास । मनमा राखी पुजा गरेर मैले तिमीलाई । अक्षता, पाती, नैबेध अनी मेरो निष्ठामा तिमीले लात हानेर धुजा धुजा पार्यौ । सर्पलाई दुध पिलाए पनि विष नै ओकल्छ भन्थे, तिमीलाई पनि त्यस्तै भयो ।
तिमीसँग बिताएको अमूल्य मिलनको कहानी मेरो हृदयको पानपाते पानामा स्मृतिको कलमले कहिल्यै नमेटिने गरी लेखेको छु । तर हाम्रो बिछोड संगै सबै यो हृदयको पानपाते पानामा स्मृतिको कलमले लेखेका सुनौलौ अक्षरहरु मेटियाका छन ।
गडयाङ गुडुङ आवाज निकाल्दा चिरिएर दुई फयाक भएको आकाशको छातीबाट भएको मुसलधारे वर्षा
जस्तै रुएको छ यो मन ।
बधाई छ तिमीलाई । नयाँ संसार अनी दाम्पत्य जीवन शुरु गरिछौ, तिमी छुट्टै धन, मन, इज्जत र प्रतिष्ठाले जुरो बढाउदै छौ होला । म त दिन दिनै तिम्रै यादमा सेती झै भासीइरहे, शायद अब त भासिने ठाउ पनि छै, माथि निस्किने त कुरै भएन । सोचेको पनि थिएन जिन्दगीमा यति धेरै पटक असफल बन्छु भनेर ।
मलाई थाहै रहेनछ म त तिम्रो एकोहोरो मायामा डुबेर तिमीलाई धौलागिरीको शिरमा उभ्याइ बागलुङ बजारबाट हेर्न लागेछु, कालिगण्डकीको पानीमा डुबुल्की मार्दै बागलुङ कालिका मन्दिरमा पुजा गरि रानिवनको शितलतामा रम्न लागेछु । तर मेरा यी सब सपना, लक्ष्य सिसिफसको कथा जस्तै बन्यो अनी नित्से झै भन्न मन लाग्यो ः गड इज डेड, आफ्ना भक्तहरुको दुखमा साथ दिएर न्यानो माया दिन सक्दैन भने के भगवान ।।।
पिडा पिडामै पिल्सिएर दिन बित्दै गए । म तिम्रो मायाको ओत नपाएर पुसको ठन्डिमा झै कठांग्रिन लागे, साउने झरिमा झै रुझ्न लागे, चैतको घाममा डडिए अनी भदौरे भेलसँगै बगे । खोलो किन माथि फर्किन्थ्यो । म मनभरी मायाको पोको लिएर तिमीलाई अर्पण गर्ने प्रतिक्षामा रहे तर तिमी…. गल्छेडो कुरेर बस्ने हो भने हात्तीको पिठ्युमा पनि ढाप मार्न पाईन्छ भन्थे तर उखान मात्रै रहेछ ।
भित्र भित्रै मन गल्दै छु । म जुन बनेर तिमीलाई शितलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्थे, अनी तिम्रो मायामा पौडदै माछा झै बाँच्न चाहन्थे । तिमीसंगै ग्रेट्वाल चड्न चाहन्थे । सगरमाथाको शिरमा हाम्रो प्रेम पत्र बिछ्याउदै बिछोडमा तड्पनेहरुलाई मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी लक्ष्यहरु बारमुडा ट्रयाङ्लमा खसे, म्रित सागरमा फसे अनी काचको गिलास सरी फुटे । म जतिसुकै कात्तर र कुरुप भए पनि हाम्रो मायाको हिरो बन्न चाहन्थे, तर आज तिम्रो तिरस्कारमा बिक्षिप्त बनेर जीवन र मृत्युको दोसाधमा छट्पट्टाइ रहेछु केबल मृत्युको पर्खाइमा ।
मैले तिम्रो जीवनमा जति पिडा दिन आए, कलेजी ददार्न आए हृदयदेखि क्षमा चाहन्छु ल र, अब तिमीलाई पिडा त के तिम्रो पाइला पर्ने ठाउमा समेत रहने छैन केवल तिम्रो भलाइका लागि, तिम्रै सफलताका लागि । म कुरुप, गरिब, अक्षिशित अनी बेसाहारा तिमीसँग सातै जूनी भेट हुने छैन तिम्रो भरिभराउ र उज्ज्वल जिवनका लागि ।
मदिरा भन्दा पनि कडा हुँदोरहेछ मायाको मात । मदिरा त पिउन छोडेपछि मात उत्रँदोरहेछ । तर, प्रेमले एकपटक मातेपछि बारम्बार बल्झिँदोरहेछ ।
तिमी माइती गाउँ आउँदा बागलुङ बजारबाट चेस्टासम्म नगर्नु की न की त्यहा मेरो रोइरहेको आत्मालाई जिस्काए सरह हुनेछ । सदा सर्बदा तिम्रो स्वागतमा रम्ने मेरो घरमुनीको हरियो र फुलैफुलको रुख अहिले सुकेर ढलिसकेको छ अनी तिम्रो आगमनको प्रतिक्षामा रम्ने मेरो कटेरी खरानी भैसेकेको छ ।
मन भरी छ तिम्रो याद मेटौ कसरी
काँडे तारको बार छ भेटौ कसरी
तिम्रै यादले पोलिरहन्छ यो मेरो मुटु
झन् झन् बढछ तिम्रो याद घटाऊँ कसरी
तड्पिएर आज मेरो मन जल्दैछ
दन दन दन्किएको आगो जसरी ।।
अब त यो कलमले पनि साथ छाडदै छ, तिम्रो नाम जपेर नथाक्ने म बिस्तारै भित्रबाट गल्दै छु । जहाँ छौ खुसी हुनु है ।

तिम्रो मायामा पागल भएको मान्छे
शिब बोहोरा

२०७७ बैशाख १८ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here