
एजेन्सी – कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा युरो कपको साविक विजेता इटाली विरुद्ध अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो ।
बुधबार राति इङ्गल्यान्डको वेम्बलीमा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १-१ गोल गरे ।
खेलमा अर्जेन्टिनाका लागि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए । लिओनेल मेस्सीको कटब्याक पासमा मार्टिनेजले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा सहजै गोल गरे ।
अर्जेन्टिनाका डि मारियाले पहिलो हाफको इन्जुरी अग्रता दोब्बर पारे । उनले मार्टिनेजको थ्रु बललाई पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरे ।
अर्जेन्टिनाका डिबालाले दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए । मेस्सीले अगाडी बढाएको बललाई डिबालाले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्दै गोल गरेका थिए ।
गत वर्ष फाइनलमा ब्राजिललाई हराएर इटलीले कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ वर्षपछि उपाधि जितेको थियो ।