तिहार मेला सकियो

बागलुङ, १२ कार्तिक । नेपालीहरुको महानचाड तिहारको अवसरमा काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा आयोजना गरिएको तिहार मेला २०७९ सम्पन्न भएको छ ।

कार्तिक ५ गतेदेखि प्रगतिशिल युवा क्लब तंग्रामले आयोजना गरेको मेलाको शुक्रबार समापन समारोहमा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मेला महोत्सवले कला, संस्कृतिको जर्गेना गर्नुपर्ने बताउनुभयो । उहाँले कला संस्कृतिको संरक्षणको लागि युवाहरु जागरुक बन्नुपर्ने बताउँदै विभिन्न पर्वको अवसरमा आयोजना गरिने मेला, महोत्सवले स्थानीय कला संस्कृतिको प्रबद्र्धन र संरक्षण गर्ने बताउनुभयो ।

समापन कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, कार्यपालिका सदस्य एवं प्रबक्ता टिकासंगम विक, वडा नम्बर ४ तंग्रामका वडाअध्यक्ष लक्ष्मण पुन, नेपाली काँग्रेस काठेखोला–४ तंग्राम वडा समितिका अध्यक्ष विष्णु आले, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष विष्णु कंडेल, नेकपा माओवादी केन्द्र तंग्रामका नन्दराम थापा र नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर थापाले मन्तव्य व्यक्त गर्नूभएको थियो ।

प्रगतिशिल युवा क्लब तंग्रामका अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष अमर बहादुर पुन र संचालन सचिव तोरण पुन र कोषाध्यक्ष ओमकार पुनले गर्नुभएको थियो ।

मेलाको अवसरमा आयोजना गरिएको साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि देउराली युवा क्लब ताराखोला हिलले जितेको छ । देउराली युवा क्लबले आयोजक प्रगतिशिल युवा क्लबलाई पराजित गर्दै उपाधि चुमेको हो । विजेता देउराली युवा क्लबले नगद ५० हजार रुपैयाँ र उपविजेता प्रगतिशिल युवा क्लबले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै मेलाको अवसरमा आयोजना गरिएको एकल नृत्य प्रतियोगितामा रोशन थापा प्रथम, कमला थापा द्धितिय र नविना पुन तृतीय भएका छन् । प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरास्कार प्राप्त गरेका छन् । यस्तै सामुहिक नृत्य प्रतियोगितामा युनिक स्टाईल प्रथम हुँदै ७ हजार रुपैयाँ प्राप्त गरेकोछभने द्धितिय काठेखोला गाउँपालिकाले ५ हजार र तृतीय मुक्तिनाथ आधारभूत विद्यालयले ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here