खेलाडी पहिचान गर्न प्रथम अध्यक्ष कप भलिबल

132

बागलुङ, १६ पुस ।
बागलुङको काठेखोला गाउँपालिकाले नयाँ खेलाडी तथा सांगीतिक प्रतिभा (गायक) को पहिचान र विकासको लागि प्रथम अध्यक्ष कप भलिबल एवं सांगीतिक प्रतियोगीता आयोजना गरेको छ ।
काठेखोला गाउँपालिकाको आयोजना तथा कला संस्कृति तथा खेलकुद विकास समितिको संयोजनमा माघ १५–१८ गतेसम्म काठेखोला गाउँपालिका–३ धम्जामा प्रतियोगीता आयोजना गरिएको हो ।
खेलकुद एवं कलासंगीतको माध्यमबाट काठेखोला गाउँपालिकालाई पहिचानयुक्त गाउँपालिकाको रुपमा स्थापित, गाउँपालिका भित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रका प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन र प्रबद्र्धन गर्ने प्रतियोगीता आयोजना गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो ।


सो अवसरमा प्रथम अध्यक्ष कप पुरुष भलिबल, प्रथम काठेखोला लोकतारा–२०७६ (गायन), प्रथम काठेखोला गजल तारा, काठेखोला स्तरिय सोरठी नाँच, विद्यालय स्तरिय वक्तृत्वकला, जनप्रतिनिधि र कर्मचारी÷संयोजन समिति विच मैत्रिपुर्ण भलिबल खेल संचालन हुने छन् । गाउँपालिका कपको लोगो अध्यक्ष अमरबहादुर थापाले बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको छ ।
अध्यक्षकप भलिवल प्रतियोगितालाई ब्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कला संस्कृति तथा खेलकुद विकास समितिका सदस्य बाबुराम भण्डारीको संयोजकत्वमा दिल बहादुर कार्की र बिश्व गौतम रहेको ३ सदस्यीय अध्यक्षकप भलिबल प्रतियोगिता–२०७६ उप समिति गठन गरिएको छ ।
भलिबलमा खेलमा काठेखोला गाउँपालिका भित्रका प्रत्येक वडाबाट अधिकतम दुई समूहले सहभागीता जनाउने कला संस्कृति तथा खेलकुद विकास समितिका अध्यक्ष टिकासंगम विकले जानकारी दिनुभयो । भलिबल खेलको विजेताले एक लाख ३२ हजार र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लोक तारा प्रतियोगीता व्यवस्थापनको बिक्रम शर्माको संयोजकत्वमा भक्त कुँवर र दिपक थापा रहेको ३ सदस्यीय काठेखोला लोक तारा–२०७६ उप समिति गठन गरिएको छ । काठेखोला लोकतारा ३ चरणमा सञ्चालन गरिने छ ।


पहिलो चरण काठेखोला गाउँपालिकाको सभाहल, दोश्रो चरण काठेखोला– ६ को सभाहल र अन्तिम चरणको कार्यक्रममा ७ जना प्रतियोगिहरुको प्रतिस्प्रर्धा धम्जा देउरालीमा सञ्चालन गरिनेछ । लोकतारा विजेताले ३० हजार फष्ट रनरअफले २० हजार, सेकेन्ड रनरअपले १० हजार रु सान्त्वना ४ जनालाई दुई हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
गजल प्रतियोगीताको संयोजकमा सुकमाया पुन र गंगा थापा र गणेश नेपाली रहनुभएको छ । प्रतियोगीताको प्रथमलाई १० हजार, द्धितीयलाई ७ हजार र तृतीयलाई ५ हजार पुरस्कारको व्यवस्था गरेको कार्यकारी अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।
सोरठी प्रतियोगितालाई ब्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कला संस्कृति तथा खेलकुद विकास समितिका सदस्य प्रेम श्रीसको संयोजकत्वमा देव श्रीस र खिम छन्त्याल रहेको ३ सदस्यीय सोरठी प्रतियोगिता–२०७६ उप समिति गठन गरिएको छ । प्रतियोगीतामा विजेता हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार व्यवस्था गरिएको छ ।
विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता व्यवस्थापन समितिको संयोजकमा कृष्ण प्रसाद कँडेल र सदस्यमा दिल बहादुर कार्की र दिपक थापा रहनुभएको छ । प्रतियोगतिा विजेतालाई क्रमशः १० हजार ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिने छ ।
मेला व्यवस्थापनको लागि टिका संगम विकको संयोजकत्वमा ३०१ सदस्यीय मुल समिती गठन गरिएको छ । अध्यक्ष अमर बहादुर थापा, खिम बिश्वकर्मा, टिका संगम बि.क., बिक्रम शर्मा र सुर्य भण्डारी रहेको ५ सदस्यीय सचिवालय गठन गरिएको छ । पहिलो पटक धम्जामा आयोजित प्रतियोगीता हरेक बर्ष फरक फरक वडामा गरिने अध्यक्ष थापाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here