बागलुङमा राती ९ बजेपछि देउसीभैलो खेल्न रोक

बागलुङ, ६ कार्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिन आजदेखि तिहार पर्व सुरु भएको छ । तिहार पर्वको अवसरमा देशभर देउसीभैलो खेल्न थालिएको छ । बागलुङमा पनि आईतबारदेखि विभिन्न क्लब, समुहहरुले देउसीभैलो खेल्न सुरु गरेका छन् ।

तिहार सुरु भएको पहिलो दिन जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती प्रकाशित गरि पर्वहरु प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित काुनको पालना गर्दै मनाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विज्ञप्ती प्रकाशित गरि कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानून विपरीत कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुशीयालीपूर्वक मनाउन, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न जिल्लाबासीलाई अपिल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने बताएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षालाई लक्षित गर्दै उक्त निर्णय भएको बताउनुभयो । ढकालले विज्ञप्ती मार्फत सवारी साधनहरुको छतमा बस्ने, झुण्डिएर यात्रा गर्ने कार्य नगर्न तथा विभिन्न बाहाना बनाई लामो÷छोटो दूरीका भाडाका सवारी साधनहरुले यात्रुसँग बढी पैसा असुल गर्ने, दूव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएमा प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

तिहारमा भूइँचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक र ज्वलनशील मालवस्तु/पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना हुने भएकाले त्यस्ता विष्फोटक पदार्थको ओसारपसार, खरिद बिक्री गर्ने कार्य पूर्णतः रोक लगाइएको प्रजिअ ढकालले बताए । कोही कसैबाट त्यस किसिमका गैरकानूनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने प्रजिअ ढकालले बताए ।

प्रजिअ ढकालले बजारमा कृत्रिम अभाव, कालोबाजरी, अस्वभाविक मूलयबृद्धि जस्ता कार्य नगर्न अनुरोध गर्दै गरेमा कानुन बमोजिम कडा कारवाही गर्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here