महिला भलिबलमा एपिएफलाई स्वर्ण

म्याग्दी, २ कार्तिक । विभागीय नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फको स्वर्ण जित्दा बागमती प्रदेशले कास्य जितेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबमासथ ३–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भयो ।

म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा बुधबार भएको फाइनलको पहिलो सेट एपिएफले २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपिएफ २८–२६ ले विजयी हुँदै जिततर्फ अग्रसर रहँदा तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । चौथो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै स्वर्ण जित्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना वुमन्स अफ दि म्याच घोषित भइन् ।

यस्तै गण्डकी प्रदेशमाथि ३–१ को सेटमा पूनरागमन जित निकाल्दै बागमती प्रदेशले महिला भलिबलमा कास्य जितेको छ । पहिलो सेट २०–२५ ले गुमाएको बागमतीले त्यसपछिको तीनै सेट २५–१२, २५–२१ र २५–१७ ले हराउँदै स्वर्ण जित्न सफल भयो । गण्डकीकी रिमा कुँवर वुमन्स अफ दि म्याच घोषित भइन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here