आईटिएफ तेक्वान्दोमा आर्मीले थप चार स्वर्ण जित्यो

बागलुङ, ३० असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बागलुङमा जारी आईटिएफ तेक्वान्दो प्रतियोगिताको प्याट्रन तर्फ विभागीय टिम नेपाल आर्मीले थप चार स्वर्ण पदक जितेको छ ।

शनिबारदेखि बागलुङको बाङ्गेचौर कभर्डहलमा जारी प्रतियोगिताको पहिलो दिन तिन स्वर्ण जितेको आर्मिले आज दोस्रो दिन (आईतबार) एकल तथा टिममा थप चार स्वर्ण जित्दै प्याट्रन तर्फ अग्रस्थान कायम गरेको छ ।

प्रतियोगितामा महिला तर्फ कालो पेटि दोस्रो डानमा आर्मिकी रिना घिमालले स्वर्ण र गण्डकीकी सुस्मिता थापाले रजत पदक हात परेकी छिन् । कालो पेटी पहिलो डानमा बागमतीकी सचिना सुनारले स्वर्ण र नेपाल आर्मिकी हिमा खड्काले रजन पदक जितिन् । यस्तै कालो पेटी तेस्रो डानमा बागमतीकी रुविका खड्काले स्वर्ण जित्दा नेपाल आर्मिकी निश्मा बस्यालले रजत पदक जितिकी छिन् ।

आजै भएको पुरुष तर्फ कालो पेटि दोस्रो डानमा नेपाल आर्मिका पुर्णबहादुर मगरले स्वर्ण र गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदक जितेका छन् । कालो पेटि तेस्रो डानमा नेपाल आर्मिका सुमन मसराङ्गी मगर मगरले स्वर्ण र लुम्बिनी प्रदेशका विरेन्द्र बुढा मगरले रजत पदक हाँसिल गरेका छन् ।

आईतबार नै भएको टिम प्याट्रनमा आर्मिले १ र बागमतीले १/१ स्वर्ण जितेका छन् । टिम प्याट्रन पुरुष तर्फ नेपाल आर्मिले स्वर्ण र गण्डकी प्रदेशले रजत पदक जितेका छन् । महिला टिम प्याट्रन तर्फ बाग्मती प्रदेशले स्वर्ण र नेपाल आर्मिले रजत पदक जितेका छन् ।

प्रतियोगिताको पहिलो दिन नेपाल आर्मिले तीन स्वर्ण जितेको थियो । पहिलो दिन एकल प्याट्रनका खेलहरु भएका थिए । पहिलो दिन पुरुष तर्फ निलो पेटीमा नेपाल आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनी प्रदेशका सफल परियारले रजत पदक जितेका थिए । यस्तै रातो पेटीमा गण्डकीका भिम बहादुर गाहाले स्वर्ण र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत, कालो पेटी तर्फ नेपाल आर्मीका भिम बहादुर तामाङले स्वर्ण पदक र गण्डकी प्रदेशका प्रविण बुढाले रजत पदक हाँसिल गरेका थिए ।

यस्तै महिला तर्फ पनि नेपाल आर्मीले स्वर्ण पदक जितेको थियो । महिला तर्फ निलो पेटीमा आर्मिकी सुश्मिता श्रेष्ठले स्वर्ण र गण्डकीकी मोनिका कुँवरले रजत पदक जितेकी थिइन ।

शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल हुनेछन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here