पुलिस महिला भलिबलको क्वाटरफाइनलमा प्रवेश

म्याग्दी, २८ असोज । नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तगत महिला भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समुह ‘सि’मा रहेको पुलिसले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समुह विजेताको रुपमा क्वाटरफाइनलको यात्रा तय गरेको हो । शुक्रबार म्याग्दीस्थित बेनी बजारको मुल्लामञ्च खेल मैदानमा भएको खेलमा नेपाल पुलिसले लुम्बिनीलाई पहिलो सेट २५–१०, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले पराजित गरेको हो ।

पराजित सुदूरपश्चिम पनि समूह उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । यो समूहमा दुई टोली मात्रै रहेकाले दुवै टोली अघिल्लो चरणमा पुगेका हुन् । अब पुलिसले समुह ‘ए’को उपविजेता र लुम्बिनीले समुह ‘ए’ को विजेतासँग खेल्नेछ ।

आजै (शुक्रबार) भएको खेलमा विभागिय टिम एपिएफ र बागमती प्रदेशले जित हातपार्दै क्वाटरफाइनलको यात्रा सहज बनाएका छन् । आजको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० ले पराजित गरेको छ । समुह ‘ए’मा रहेको एपिएफले कर्णाली विरुद्ध पहिलो सेट २५–६, दोस्रो सेट २५–२ र तेस्रो सेट २५–७ ले पराजित गरेको हो ।

यस्तै दोस्रो खेलमा होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अधिकांश खेलाडी सम्मेलित बागमतीले प्रदेश नम्बर १ लाई पहिलो सेट २५–७, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१२ ले पराजित गर्यो । बागमती प्रदेशको टिममा प्रतिभा माली, सलिना श्रेष्ठ लगायतका खेलाडीहरु सहभागि छन् ।

प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् । शनिबारको पहिलो खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब र दोस्रो खेल प्रदेश नम्बर १ र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

बिहिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब रहेको छ । समूह ‘बी’ मा बागमती प्रदेश, प्रदेश नम्वर १ र मधेस प्रदेश रहेको छ । बागमतीमा होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अधिकांश खेलाडी रहेका छन् ।

समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here