महिला भलिबलमा एपिएफको विजयी सुरुवात

म्याग्दी, २८ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।

म्याग्दी जिल्लाको सदरकुमाम बेनी बजारको खुल्लामञ्च खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा सहज बनाएको छ । समुह एमा रहेको एपिएफले कर्णाली विरुद्ध पहिलो सेट २५–६, दोस्रो सेट २५–२ र तेस्रो सेट २५–७ ले पराजित गरेको हो ।

महिला भलिबलमा आज दोस्रो खेल बाग्मती प्रदेश र प्रदेश नम्बर १ र तेस्रो खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशका विच प्रतिस्पर्धा हुनेछ ।

बिहिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब रहेको छ । समूह ‘बी’ मा बागमती प्रदेश, प्रदेश नम्वर १ र मधेश प्रदेश रहेको छ । बागमतीमा होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अधिकांश खेलाडी रहेका छन् ।

समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here