राजनीतिक नेतृत्व हस्तान्तरण आवश्यक छ: लिङ्देन

म्याग्दी, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्व हस्तान्तरण बिना परिवर्तन र विकास सम्भव नभएको टिप्पणी गर्नुभएको छ ।

राप्रपाले मंगलबार बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले नेपालको अवस्था र व्यवस्थामा परिवर्तन गर्न नेतृत्व हस्तान्तरण प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने बताउनुभयो ।

“धेरै पटक अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना छैन”, उहाँले भन्नुभयो, “पुराना नेतृत्वसँग सुध्रने र सक्किने मात्र विकल्प बाँकी छ ।

असफल नेतृत्वलाई अवसर दिँदा नागरिकले दुःख पाएका हुन् ।” राप्रपाको पछिल्लो महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको थिति बसाएको बताउँदै लिङ्देनले गत स्थानीय तह चुनावमा धरान र काठमाडौँका नागरिकले ठूला दलको विकल्प रोजेर सच्चिने सन्देश दिएका बताउनुभयो ।

कार्यक्रममा राप्रपाका नेता भीमप्रसाद गौचन, जगतप्रसाद गौचनलगायतले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको व्यवस्था, पहिचानका लागि धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here