प्रधानमन्त्री पत्नी राणाको नाम बागलुङबाट सिफारिस

बागलुङ, १८ भदौ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट आगामी आम निर्वाचनका लागि प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचनमा सिफारिस भएकी छिन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ को आज बसेको बैठकले प्रधानमन्त्री पत्नी राण सहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।

बैठकले डा आरजु राणा देउवा, नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए ।

बुढाका अनुसार बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो सङ्गठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here