बागलुङ, २२ असार । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने बागलुङ जिल्लाका खेलाडीहरुलाई बुधबार विदाई गरिएको छ ।
बागलुङ जिल्ला खेलकुद विकास समितिले बुधबार कार्यक्रमको आयोजना गरी ७० सदस्य खेलाडी र प्रशिक्षणहरुको टोलीलाई विदाई गरेको हो । खेलाडी विदाई गर्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले जितको शुभकामना दिनुभएको थियो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा यहि असार २३ र २४ गते हुने प्रतियोगितामा जिल्लाबाट ६८ जना खेलाडी र प्रशिक्षक तथा २ जना अपिसियलहरुले भाग लिने छन् ।
पोखरामा हुने राष्ट्रपति रनिङ शिल्डमा बागलुङबाट छात्र, छात्रा तर्फ एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्ट अन्तरगत तेक्बान्दो, कराते र उस्सु खेलमा खेलाडीहरुले सहभागिता जनाउने छन् ।